केन्द्रीय संस्करण

इजरायतर्फबाट भएको क्षेप्यास्त्र आक्रमणमा ७ जना मारिए

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

 इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षेप्यास्त्र आक्रमणमा परी दमासकसनजिकै तीन सिरियाली र चार इरानी लडाकू मारिएका सिरियाली युद्धलाई अनुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको छ । 
‘सिरियन  अब्जरभेटरी फर ह्युमन राइट्स’ले दमासकस एयरपोर्ट क्षेत्रमा भएको सो आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिक र इरानको क्रान्तिकारी गार्डका चार सदस्यको मृत्यु भएको जनाइएको छ ।
सिरियामा सन् २०११ को मार्चमहिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही महिनापछि गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धको क्रममा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो । 
सो सयमदेखि हालमा यस युद्धमा परी करिब चार लाख व्यक्तिको मृत्यु भएको छ भने लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन् । लाखौ व्यक्ति आफ्नो देश र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । 
देश कमजोर भएको यस अवस्थामा छिमेकमा पर्ने देशहरु टर्की र इजरायलगायतले बारम्बार आक्रमण गरेको पाइन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...