बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन

शुक्रबार, ०२ फागुन २०७६, २२ : ३४
शुक्रबार, ०२ फागुन २०७६

 चिनियाँ अधिकारीहरूले नयाँ कोरोना भाइरस (कोभिड–१९) विरूद्ध लडिरहेका स्वास्थ्यकर्मीको काम गर्ने अवस्था सुधार गर्न बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरिएको एक वित्त अधिकारीले बताएका छन् ।

    अर्थ मन्त्रालयका सहायक मन्त्री ओउ वेनहानले बेइजिङमा गरेको एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । यो रकम स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरीद गर्न र चिकित्सा संस्थामा आवश्यकता अनुसार सुविधा बढाउन प्रयोग गरिने उनले बताए ।

    सबै अग्रमोर्चामा काम गर्ने स्वास्थ्य तथा महामारी रोकथामका लागि खटिएका व्यक्तिले जोखिममा काम गरेबापत कामका आधारमा प्रतिदिन प्रतिव्यक्ति २०० युआनदेखि ३०० युआनसम्म थप भत्तास्वरूप प्रदान गरिने उनले बताए । बजेटलाई केन्द्रीय सरकारले नै उपलब्ध गराउने ओउले बताए । 

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप