बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी र युक्रेनी राष्ट्रपति बीच कैदी फिर्ताबारे छलफल

शुक्रबार, ०२ फागुन २०७६, २२ : २६
शुक्रबार, ०२ फागुन २०७६

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिरबीच टेलिफोन कुराकानी भएको छ ।  

    उनीहरूबीच कैदी साटासाट गर्ने बारेमा कुराकानी भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

    केही महिना अगाडि उनीहरूबीच भएको सहमतिअनुसार दुवै देशले एक अर्काले बन्धक बनाएकाहरूलाई क्रमिक रूपमा रिहा गर्ने बारेमा अहिले छलफल भएको हो । 

    फ्रान्सको राजधानी पेरिसमा भएको वार्तामा दुवै देशका राष्ट्रपतिले युद्धविराम गर्ने सहमति गरेका थिए । 

    फ्रान्स र जर्मनीका नेताको मध्यस्थतामा रुस र युक्रेनका बीचमा भएको युद्ध अन्त्य गर्ने प्रयास भइरहेको छ । 

    युक्रेनको पूर्वी क्षेत्रमा युक्रेनका सुरक्षाकर्मी र रुसको साथ पाएको बिद्रोही समूहबीच पाँच वर्षदेखि भएको युद्धका कारण १३ हजार मानिसको मृत्यु भइसकेको छ ।

    दुई नेताबीचको अहिलेको कुराकानीमा अर्को बैठक तत्काल गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    अघिल्लो बैठकमा भएका सहमति कार्यान्वयतर्फ लैजाने प्रतिबद्धता जनाउँदै उनीहरूले कुराकानी टुङ्ग्याएका थिए


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप