केन्द्रीय संस्करण

नोवल कोरोनाको पूर्वसावधानीका लागि ‘हेल्थ डेस्क’ स्थापना

personaccess_timeFeb 14, 2020 chat_bubble_outline0

 नोवल कोरोना भाइरसले जोखिम ल्याउन सक्ने भन्दै पूर्वसावधानी अपनाउनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी विमानस्थलमा आज हेल्थ डेस्कको स्थापना गरेको छ । छिमेकी राष्ट्र चीन, थाइल्यान्डलगायत विदेशबाट काठमाडौँ भई धनगढी विमानस्थलमा आउने यात्रुमा कोरोना भाइरस सङ्क्रमित लक्षणहरु छ वा छैन भनी परीक्षण (स्क्रिनिङ) गर्नका लागि सावधानी अपनाउन हेल्थ डेस्कको स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

    उनले बाहिरबाट आउने यात्रुमा श्वास–प्रश्वासमा गाह्रो हुने, रुघाखोकी लागेको, १०० दशमलब चारभन्दा बढी तापक्रमलगायत समस्या देखिएमा त्यस्ता व्यक्तिलाई हेल्थ डेस्कमा स्क्रिनिङ (परीक्षण) गरी सिधै अस्पताल लगेर चिकित्सकको निगरानीमा राखेर उपचार गरिने बताए । सेती प्रादेशिक अस्पतालका चिकित्सक डा जगदीश जोशीले कोरोना भाइरसबाट हुने जोखिमबाट बच्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको अवगत गराए । 

    कुनै व्यक्ति चीनको उहान सिटीबाट त्यहाँको कोरोना भाइरस सङ्क्रमितसँग सम्पर्क भइआएको छ र त्यस्ता व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, निमोनिया, श्वासप्रश्वासमा खराबीलगायत समस्या देखिएमा त्यस्ता व्यक्तिमा कोरोना भाइरस भएको शङ्का गर्न सकिने चिकित्सक जोशीको भनाइ छ ।  

    स्वास्थ्य विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक किसनबहादुर चन्दले नोवल कोरोना भाइरस रोग नेपालमा खासै समस्याका रुपमा नभए पनि पूर्वसतर्कता अपनाउन जरुरी रहेको धारणा व्यक्त गरे। कैलालीका सीमा नाकाहरुमध्ये त्रिनगर भन्सार, टीकापुरको खक्रौला र कञ्चनपुरको गड्डा चौकीमा हेल्थ डेस्क सञ्चालनमा आइसकेको र अन्य जिल्लाका सीमा नाकामा पनि छिट्टै हेल्थ डेस्क सञ्चालन गर्न गइरहेको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...