भुवनलाई समेट्दै क्रिकेट टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले थाइल्याण्डमा फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले सुक्रबार भुवन कार्कीलाई समेट्दै १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले १८ सदस्यीय प्रारम्भिक टोलीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो ।
टोलीमा भुवनले सन् २०१५ पनि पुनरागन गरेका छन् । टोलीको किशोर महतो पहिलो पटक परेका छन् । यसअघिका नियमित खेलाडी रोहित कुमार पौडेल टोलीबाट बाहिरिएका छन् । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमार छन् ।
फाइनलमा पुग्ने टोली एसिया कपका लागि छनोट हुनेछ । क्यानले भर्खर मात्र टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई दिएको छ । भारतीय प्रशिक्षक उमेश पटवालले हालै प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा ।