मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई शेखरको चेतावनी : गिरिजाबाबुको छविमाथि हिलो छ्याप्ने प्रयासको ठूलो मूल्य चुकाउनुपर्छ

शुक्रबार, ०२ फागुन २०७६, १९ : १८
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष  पुष्प कमल दाहाल ‘प्रचण्ड’ले  पछिल्लो अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक भएको टिप्पणी गरेका छन् । 

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा विहीबार आयोजित कार्यक्रममा प्रचण्डले काँग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले नै माओवादीलाई ‘ठूल्ठूला फौजी आक्रमण गर्न’ सुझाएको बताएका थिए।


प्रचण्डबाट ऐतिहाँसिक व्यक्तित्वको छविमाथि हिलो छ्याप्ने प्रयास भएको भन्दै यसबाट ईतिहासमा ठूलो मूल्य चुकाउनुपर्ने शेखरको चेतावनी छ। प्रचण्डको अभिव्यक्तिबारे रातोपार्टीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘ऐतिहासिक ब्यक्तित्वको छविमाथी जसरी हिलो छ्याप्ने प्रयास गरियो । यसबाट प्रचण्डले ठूलो मूल्य चुकाउनुपर्छ।’ 

प्रचण्ड द्वन्द्वकालीन मुद्दाबाट डराएकाले र यसबाट उन्मुक्ति पाउन यस्तो बोलेको कोइरालाले बताए । उनले भने, ‘गिरिजाबाबुको कद घटाउॅने प्रयास गरियो प्रचण्डजीले दिएको त्यो अत्यन्तै निन्दनीय छ। । प्रचण्डजी अझै द्वन्द्वकालीन मुद्दाबाट डराइरहनु भएको र यसबाट उन्मुक्ति पाउन यस्तो बोलेको जस्तो देखिन्छ।’

नेता कोइरालाले आफू पनि १२ बुँदे सहमतिमा सहभागी भएको जनाउँदै स्व. गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग कहिले पनि त्यस्तो कुरा नगरेको दाबी गरे । ‘म पनी १२ बुँदे सहमतिमा सहभागी भएको ब्यक्ती हो । तर, गिरिजाबाबुले प्रचण्डसॅग कहिले पनि त्यस्तो कुरा गर्नुभएको छैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप