बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख  सापकोटाको सञ्चार विज्ञमा न्यौपाने नियुक्त

शुक्रबार, ०२ फागुन २०७६, १८ : २८
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन् ।

सिन्धुपाल्चोकका न्यौपाने डेढ दशक यता पत्रकारितामा छन् ।  २०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसँग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ । 

हाल देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबमा प्रोग्राम म्यानेजर पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयमबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप