शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली फिल्मकर्मीलाई रोचक कथामा फिल्म बनाउन बिदेशी  फिल्मकर्मीको सुझाव

शुक्रबार, ०२ फागुन २०७६, १७ : १६
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । नेपाली फिल्मकर्मीले बिदेशीलाई रोचक लाग्ने कथा आफ्नो फिल्ममा समेट्न सके बिदेशका बिभिन्न प्लेटफर्ममा नेपाली फिल्मले स्थान पाउने बिदेशी फिल्मकर्मीले धारणा राखेका छन् ।
शुक्रबार लाजिम्पाटको होटल -याडिसनमा विभिन्न तीन सेसनमा चलेको छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

बिहिबारबाट काठमाडौमा जारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय फिल्म मेकरले नेपाली फिल्ममा रोचकलाग्ने कथाको अभाव रहेको औल्याए ।

हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरको रुपमा काम गरेका किरणभक्त जोशीले सहजीकरण गरेको कार्यक्रममा अमेरिकी फिल्म मेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलनहफले आआफ्नो धारणा राखेका थिए ।

ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेकाज् याक स्टेन्जले एक्स मेन ः फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । डेमियन डि फ्रोबिलभने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् ।

जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्म बनाएका छन् । छलफलको सुरुवात ‘फिल्म मेकिङ इनएनएजअफ स्ट्रिमिङ’ शीर्षकबाट गरिएको थियो । सो विषयमाधारणा राख्दै सबै विदेशी फिल्मकर्मीले स्ट्रिमिङ साइटलाई ज्यादा भन्दा ज्यादा फिल्मको आवश्यकता रहेको बताउँदै लोकल कथामा ग्लोबल दर्शकलाई रिझाउन सके नेपाली फिल्मले पनि स्ट्रिमिङ साइटमा स्थान पाउने धारणा राखेका थिए । 

‘बजार भन्दा विषय ठूलो हो,’ छलफलमा बोल्दै डेमियनले भने, ‘यदि तपाईंसँग विश्वले हेर्न चाहिरहेको विषय छ भने तपाईंहरुको फिल्ममा पनि नेटफ्लिक्सवा अमेजनले चासो लिन्छ । बस, उनीहरुले तोकेको क्वालिटी पुगेको हुनुपर्यो ।’

डेमियनको तर्कमा सही थाप्दै ज्याक स्टेन्जले नेपाल भौगोलिक रुपमा र साँस्कृतिक रुपमा सुन्दर रहेकाले नेपाली फिल्म मेकरले यिनै कथाभन्न बल गर्नुपर्ने बताएका िथए ।

‘विश्वमा नेपालीको पहिचान गोर्खालीको रुपमा छ । विश्व सिनेमामा नेपालीको यो कथामा धेरैलाई रुचि हुन सक्छ,’ ज्याकले भने, ‘वा नेपालको शेर्पाले अमेरिकाको हिमाल चढ्न गरेको संघर्ष पनि धेरैका लागि चखिलो हुनसक्छ । विश्व सिनेमालाई लोभ्याउन नेपालले यस्ता विषयमा पनि फिल्म बनाउन सक्छ ।’

छलफलको दोस्रो सेसनमा भने ज्याक स्टेन्जले अमेरिकामा प्रचलचित एक्सन फिल्म लेख्ने शैलीका बारेमा दुईघन्टा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्तिम सेसनमा भने फेरि चारै जना सहभागीले स्थानीय कथा विश्वमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

बिहीबार सुरु भएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो दिन राष्ट्रिय सभा गृहमा भने फिचर फिल्म प्रदर्शन गरिएको थियो । त्यसैगरि पर्यटन बोर्डको हलमा सर्ट फिल्म प्रदर्शन गरिएको थियो । 
शनिबार भने फिल्म प्रदर्शनसँगै बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लासको कार्यतालिका रहेको छ । शनिबार साढे तीन बजे निर्देशक झाले फिल्म निर्देशन सम्बन्धी दुई घन्टाको क्लास दिनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप