भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको ६० लाखको सामान बरामद
शुक्रबार, ०२ फागुन २०७६, १५ : ५६
झापा । मेचीनगर नगरपालिका–१२ धाईजनस्थित सडकबाट भन्सार छली लुकाइछिपाई मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा ल्याउँदै गरेको विभिन्न सामानहरु बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । विभिन्न कपडा र उक्त गाडी समेत गरी बरामद सामानको ६० लाख ३१ हजार १ सय रुपैयाँ मूल्य पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त भ्यानमा जाँच गर्ने क्रममा साडी, ब्लाउज, कृर्तासलवार, ढाका कपडा लगायतका फेन्सी सामान भन्सार छली लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक समेतलाई नियन्त्रणमा लिएको हो ।
बरामद सामान र गाडीसहित चालकलाई आवश्यक कारवाहीको लागि क्षेत्रीय राजश्व कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु