शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब ५० करोड रुपैयाँ लागतका योजना मात्रै ‘प्रदेश गौरवका आयोजना’

शुक्रबार, ०२ फागुन २०७६, १५ : ०९
शुक्रबार, ०२ फागुन २०७६

बुटवल । पाँच नम्बर प्रदेश सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

५ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश गौरवका आयोजना निर्धारण मापदण्ड स्वीकृत गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । ‘प्रदेश सरकारले ५० करोड रुपैयाँ लागत भएका योजनालाई मात्रै प्रदेश गौरवका योजना मान्ने निर्णय छ’, चौधरीको भनाइ छ । उनले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड–२०७६ स्वीकृत भएसँगै मापदण्ड लागु हुने जानकारी दिए ।

मापदण्डमा गौरवका योजना हुन तराईका जिल्लामा ५० हजार, पहाडमा २५ हजार र दुर्गममा १० हजार जनसङ्ख्या लाभान्वित हुनुपर्ने उल्लेख छ ।

त्यस्तै बैठकले प्रदेश स्वास्थ नीति र प्रदेश भवन नियमावली पनि स्वीकृत गरेको छ । यो प्रदेशमा प्रदेश भवन नीति स्वीकृत भएपनि नियमावली नबन्दा भवन निर्माण सम्बन्धी काम अगाडि बढन सकेको थिएन । त्यस्तै बैठकले होमस्टे सम्बन्धी नियमावली स्वीकृत गर्नुका प्रदेश पूर्वाधार विकास प्राधिकरणमा ८ जना कर्मचारीको अस्थायी दरबन्दी संरचना स्वीकृत गरेको छ । जसमा प्रशासकीय अधिकृत ८ औं तह १, इन्जिनियर १ पद स्वीकृत गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप