शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कारको आकारको कछुवाको अवशेष भेटियोः तौल २.५ टन, लम्बाई १३ फिट

शुक्रबार, ०२ फागुन २०७६, १३ : ४९
शुक्रबार, ०२ फागुन २०७६

दक्षिण अमेरिकाको कोलम्बियाको ताताकोआ मरुभूमीमा सबैभन्दा ठूलो कछुवामध्ये एकको अवशेष भेटिएको छ । वैज्ञानिकले यी इलाकामा कारको आकारका केही कछुवाका अवशेष भेटेका हुन् । यसको लम्बाई १३ फिट र तौल २.५ टन नजिक रहेको बताइएको छ । वैज्ञानिकले यो उत्तर–दक्षिण अमेरिकामा १.३ करोड वर्ष अघि पाइने गरेको बताएका छन् ।  

वैज्ञानिकले बुधबार यो नयाँ अवशेषलाई स्टुपेन्डेमी जिग्राफिकस नाम दिएका छन् । यसको खोजी दक्षिण अमेरकाको कोलम्बियाको ताताकोआ मरुभूमी र भेनेजुएलाको उरुमाको क्षेत्रमा गरिएको थियो ।

स्टुपेन्डेमीका सिङ पनि थिएः

– भाले स्टुपेन्डेमी कछुवाको खबटाको दुबैतिर र अगाडितर्फ सिङ हुन्थे जसको प्रयोग सायद उनीहरु अन्य जीवसँग लडनका लागि प्रयोग गर्दथे  । बोगोटाका अवशेष वैज्ञानिक एडविन क्याडेना भन्छन्, ‘आज पनि भाले कछुवाबीच झगडा भएको देख्न सकिन्छ । ’

क्याडेनाले नै यो अनुसन्धानको नेतृत्व गरिरहेका छन् जसलाई जर्नल साइन्समा प्रकाशित गरिएको छ ।

वैज्ञानिकका अनुसार सिगोइंग आर्किलोनपछि स्टुपेन्डेमी नै संसारको सबैभन्दा ठूलो कछुवा हो । सिगोइंग आर्किलोन कछुवा डायनासोर युगको अन्तिम समयमा अर्थात् करिब ७ करोड वर्ष अघि धर्तीमा थिए । उनीहरुको लम्बाई ४.६ मिटर थियो । स्टुपेन्डेमीको पहिलो अवशेष  सन् १९७० मा भेटिएको थियो तर त्यतिबेला यो जनावरबारे थुप्रै प्रश्न अधुरै भएका थिए । अहिले नयाँ अवेशषमा केही कछुवाको खबटाको लम्बाई २.८६ मिटर छ । यसबाहेक यसको तल्लो बंगारा भेटिएको छ जसमार्फत् यसको डाइटबारे जानकारी पाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप