भ्यालेन्टाइन मनाएर लगनगाँठो गाँस्ने कलाकार
काठमाडौँ । ‘प्रेम खुल्दा’ फ्यान घट्ने डर विश्वका कलाकारलाई रहन्छ । सायद, त्यसैले होला उनीहरु सकेसम्म आफ्नो प्रेमलाई लुकाएर राख्न खोज्छन् । बलिउड र कलिउडका कलाकार सकेसम्म प्रेम बाहिर नआओस् भनेर त्यही अनुरूपको क्रियाकलाप गर्ने गर्दछन् ।
प्रेम खुल्दा सकारात्मक, नकारात्मक अनावश्यक चर्चा हुनेसमेत गर्दछ ।
तर परिवर्तनशील समयसँगै पछिल्लो समय कलाकारहरु आफ्नो निजी प्रेमको बारेमा खुलेरै बोल्न थालेका छन् ।
हलिउड, बलिउड झैँ नेपाली फिल्म नगरीमा पनि कलाकारको लभ–रोमान्स र ब्रेकअपको शृङ्खला चलिरहन्छ । कुनै एउटा फिल्ममा सँगै काम गर्नेबित्तिकै प्रेममा रहेको र दोस्रो फिल्ममा सँगै नदेखिए ब्रेकअप भएको गसिप बन्नु कुनै नौलो कुरा होइन । त्यसैले पनि कलाकारको प्रेम र सम्बन्धका विषयले फिल्म नगरी हमेसा गर्माएको देख्न सकिन्छ ।
प्रेम र रोमान्सको मामिलामा नेपाली फिल्म नगरिका कलाकारहरु पनि कम छैनन् । एक दिन एउटासँग मनमुटु साटेको चर्चा सेलाउन नपाउँदै अर्को दिन अर्काेसँग डेटिङमा रमाएका तस्बिर बाहिरिने गरेका छन् ।
नेपाली फिल्म नगरीमा डेटिङ, प्रेम र रोमान्समा मात्र रमाउने एक किसिमका कलाकार छन् भने अर्काे किसिमका यस्ता कलाकार पनि छन् जसले प्रेम सम्बन्धलाई सँगै जिउने सँगै मर्ने कसम खाएर लगनगाँठो समेत कसेका छन् ।
आज ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर ती कलाकारको चर्चा गर्न खोजेका छौँ । जसले प्रेमपछि सँगसँगै जिउने मर्ने कसम खाएर एकअर्काेको जीवनसाथीको रूपमा स्वीकारे ।
राजेश हमाल र मधु भट्टराई
करिब ७ वर्षको प्रेमलाई राजेश र मधुले विवाहमा परिणत गरेका हुन् । हमालले आफ्नो उमेर ५० लाग्दा करिब आधा उमेरकी प्रेमिका मधुसँग धुमधामसँग लगनगाँठो कसेका थिए ।
राजेशले मधुलाई विवाह गर्दा सबै आश्चार्य चकित परेका थिए । अहिले विवाह भएको पनि केही वर्ष बितिसक्यो । दुवैको सम्बन्ध राम्रो चलिरहेको छ । सन्तान हुन भने बाँकी रहेको छ ।
निशा अधिकारी र शरद भेष्वाकर
सार्वजनिक स्थानमा एकसाथ धेरै पटक देखिएपछि अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेमको चर्चा चलेको थियो । केही समय दुवैले साथी मात्रको रूपमा चर्चा गरे । केही समयपछि दुवैले प्रेमसमेत स्वीकारे । यसपछि यो जोडी खुलेरै सार्वजनिक कार्यक्रममा देखिन थालेको छ ।
कहिले चलचित्र भवन, कहिले आर्यघाट र कहिले कता डेटिङ गर्दै आएका उनीहरूले अन्तत प्रेमलाई विवाहमा परिणत गरे । अहिले यी दुवै एक सन्तानको मातापिता समेच भइसकेका छन् ।
निखिल उप्रेती र संचिता लुइटेल
अभिनेता निखिल र अभिनेत्री संचिताले पनि दोस्रो विवाहका रूपमा प्रेम विवाह गरे । ‘माया त माया हो’ फिल्म छायाङ्कनमा टुसाएको प्रेमलाई उनीहरुले भागेर विवाह गर्दै पतिपत्नीका रूपमा आफूहरुलाई उभ्याए ।
अहिले निखिल र संचिताका दुई सन्तानसमेत छन् । प्रेम विवाहपछि केही समय फिल्मबाट हराएका यी दुवै फिल्म अभिनयमा क्रियाशील छन् ।
सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’
हाँस्यशृङ्खला ‘मेरी बाँस्सै’ले यी दुवैको जोडी जुराएको हो । अभिनय सिलसिलामा प्रेम महसुस गरेका दुवैले लगनगाँठो पनि कस्न धेरै समय कुरेनन् ।
पछिल्लो समय अभिनय र समाजिक काम दुवै क्रियाशील यो जोडीको सन्तानका रूपमा एक छोरी छिन् । यी दुवै अहिले जे काममा पनि एक अर्काेसँग देखिने गरेका छन् ।
झरना थापा र सुनिलकुमार थापा
पछिल्लो समय निर्देशको रूपमा परिचित अभिनेत्री झरनाले पनि निर्माता सुनिलकुमार थापासँग प्रेम बिहे गरेकी थिइन् । कन्या क्याम्पस अध्ययन गर्दागर्दै सुनिल र झरनाको प्रेम बसेको थियो ।
प्रेम बसेको केही महिनामै बिहे गरेको यो जोडी फिल्म क्षेत्रमा उदाहरणीय छ । झरना र सुनिल पछिल्लो समय चलचित्र निर्माणमा समेत सक्रिय छन् । एक छोरीका मातापिता बनेको यो जोडीले छोरीलाई समेत हिरोइन बनाइसकेका छन् ।
मुकेश ढकाल र मेलिना मानन्धर
अभिनेता मुकेश ढकाल र अभिनेत्री मेलिना मानन्धरले पनि प्रेम विवाह गरेका हुन् ।
उमेरले धेरै अन्तर भए पनि प्रेम विवाह गरेको यो जोडी अहिले अमेरिकामा रहेका छन् । सन्तान प्राप्तीको खबर भने अहिलेसम्म आएको छैन ।
आर्यन सिग्देल र सपना भण्डारी
आर्यनले सपनासँगको केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
नेपाली चलचित्रको ‘प्लेब्वाई’को रूपमा चिन्थे उनलाई । तर उनले यो आरोपलाई गलत सावित गर्दै प्रेम विवाह गरे । अहिले उनीहरुको एक सन्तानसमेत भइसकेको छ ।
निश्मा घिमिरे र गम्भीर विष्ट
अभिनेत्री निश्मा घिमिरे र नृत्य निर्देशक गम्भीर विष्टले पनि प्रेम विवाह गरेका हुन् । म्युजिक भिडियो निर्माणको सिलसिलमा नजिक भएका यी दुवैले केही वर्षको प्रेम र रोमान्सपछि मात्र विवाह गरेक हुन् । म्युजिक भिडियोमा काम गर्ने सिलसिलामा गम्भीर र निश्माको प्रेम बसेको थियो । दुवैले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम समेत गरेका छन् ।
दिवाकर भट्टराई र दीपिका प्रसाईं
दिवाकरले नै निर्देशन गरेको फिल्म ‘ऐश्वर्य’बाट अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री दीपिकाले । फिल्मको कामको सिलसिलामा प्रेम बसेको यो जोडीले केही पहिले मात्र विवाह गरेका हुन् ।
रेनशा बान्तवा राई र प्रज्वल शमशेर जबरा
निर्देशक रेनशा बान्तवा राई र निर्माता प्रज्वल शमशेर जबरले पनि प्रेम विवाह गरेका हुन् । यी दुवैले गत वैशाखमा विवाह गरेका थिए । ‘इन्टु मिन्टु लन्डनमा’बाट आफूलाई निर्देशकको रूपमा उभ्याएकी रेनशा र प्रज्वलले बानेस्वरमा एक चलचित्र भवन समेत सञ्चालनमा ल्याएका छन् ।
वर्षा राउत र सञ्जोग कोइराला
खुला प्रेममा रमाएको एउटा जोडी अभिनेत्री वर्षा राउत र अभिनेता सञ्जोग कोइराला पनि हुन् । करिब ८ वर्ष प्रेममा रहेको यो जोडीले प्रेम सम्बन्ध विवाहमा परिणत गरे ।
फागुन २ गते अर्थात प्रेम दिवसकै दिन उनीहरुले लगनगाँठो कसेका थिए । विवाहपछि पनि वर्षा अभिनयमै छिन् भने सञ्जोग भने पछिल्लो समय अभिनयमा देखिएको छैनन् ।
अनुप बराल र दिया मास्के
अभिनेता अनुप बराल र अभिनेत्री दिया मास्केले पनि ६ वर्षको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा अवतरण गराएका हुन् ।
नाटक अभिनय सिलसिलामा उनीहरुको प्रेम बसेको थियो । दुवैले नाटको अलवा केही फिल्ममा पनि सँगै काम गरेका थिए ।
ऋचा शर्मा र दिपेश विक्रम राणा
अभिनेत्री ऋचा शर्माले पनि दिपेश विक्रम राणासँग प्रेम विवाह गरेकी हुन् । यसै वर्षको मङ्सिरमा उनले लगनगाँठो कसेकी हुन् ।
विवाह अगाडि नजिकका साथीभाइलाई पोखरामा ब्याचलर पार्टीसमेत दिएकी उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेकी हुन् । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।
यी त उदाहरण मात्र हुन् । कृष्ण मल्ल र सर्मिला मल्ल, ऋषि र सरिता लामिछाने, सुमिना घिमिरे र रोशन सापकोटा, रेजिना उप्रेती र सुरज पोख्रेल, सलोन बस्नेत र करिस्मा श्रेष्ठ, शङ्कर र ऋचा घिमिरे लगायत थुप्रै जोडी छन् । जसले प्रेमलाई विवाहमा परिणत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म