माया दर्साउन उपहार (फोटोफिचर)

फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । यो दिवस नेपालसहित विश्वभर मनाइँदैछ ।
पश्चिमा देशमा विशेष रुपमा मनाइने यो दिवस पछिल्ला वर्षमा नेपालमा पनि व्यापक रुपमा मनाईंदै आएको छ । यो दिवस विशेषगरी युवा पुस्तामा लोकप्रिय बन्दै आएको छ ।
यो दिवसमा युगल जोडीले आफ्नो माया साटासाट गर्ने गर्छन् । हुन त माया गर्नेहरुका लागि प्रत्येक दिन भ्यालेन्टाइन्स डे हुन्छ तर कुनै विशेष दिन पारेर आफ्नो माया व्यक्त गर्नु कम रोचकपूर्ण हुँदैन । त्यसैले त धेरै विवाहित तथा अविवाहित जोडीले यो दिनलाई विशेष बनाउन विभिन्न उपहार तथा फूल किनेर आफ्नो पार्टनरलाई दिने गर्छन् । जसका कारण मल तथा गिफ्ट पसलमा भ्यालेन्टाइन विक सुरु भएलगत्तै चहलपहल सुरु भएको छ । यो दिनलाई लक्षित गर्दै गिफ्ट पसलमा पनि उपहार दिन मिल्ने वस्तु खचाखच भरिएका छन् ।
भ्यालेन्टाइन्स डेमा दुई चार पैसा जोहो गर्ने उद्देश्यले केही वृद्धाले फुटपाथमा गुलाबका फूल पनि बेचिरहेको देख्न सकिन्छ ।
राजधानीका विभिन्न स्थानमा भ्यालेन्टाइन्स विक सुरु भएलगत्तैदेखि सुरु भएको चहलपहललाई रातोपाटीले आफ्नो लेन्समा कैद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै
-
सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली