सेक्सी पहिरन लगाएको भन्दै ट्रोल गर्नेहरुलाई नुसरतको तिखो जवाफ
बलिउड नायिका नुसरत भरुचालाई उनको पहिरनका लागि असाध्यै ट्रोल गरिएको थियो । अब यसमा उनले तिखो जवाफ फर्काएकी छिन् ।
नुसरतले भनिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिनसक्छन् त्यसरी नै मलाई आफ्नो मन परेको कपडा लगाउने अधिकार छ । ’
नुसरतले थपिन्, ‘जब मैले त्यो पहिरन लगाएँ तब म निकै आत्मविश्वासी थिएँ त्यसकारण मैले त्यो पहिरनलाई कन्फिडेन्सका साथ क्यारी गर्न सकेँ ।’
नुसरतले भनिन्, ‘यदि ड्रेस राम्रोसँग फिट नभएको भए वा उत्कृष्ट नभएको भए म त्यो लगाउँदै लगाउँदैनथेँ । मेरा साथीहरुले पनि उक्त पहिरनको निकै तारिफ गरेका थिए ।’
‘यहाँसम्म कि इन्डष्ट्रिकै मानिसहरुले मलाई आफूहरुले पनि त्यस्तो पहिरन लगाउन चाहेको तर कहिले पनि लगाउन नसकेको बताए । मैले उक्त ड्रेस लगाउन सकेँ, जुन राम्रो कुरा हो,’ उनले भनिन् ।
साथै उनले भनिन्, ‘मलाई यो ड्रेसमा आएको कुनै नकारात्मक कमेन्टले न त कुनै फरक पर्छ न नै यसले चिन्तित नै बनाएको छ ।’
स्मरण रहोस्, नुसरतलाई आयुष्मान खुराना स्टारर ‘ड्रिम गर्ल’ मा मुख्य नायिकाको रुपमा देखिएको थियो ।
नुसरतले सन् २००६ मा ‘जय सन्तोषी माँ’ फिल्ममार्फत् अभिनयमा पाइला टेकेकी थिइन् । उनको दोस्रो फिल्म ‘कल किसने देखा (२००९) बक्स अफिसमा फ्लप साबित भयो । सन् २०११ मा रिलिज भएको ‘प्यार का पंचनामा’ ले उनलाई पहिलो पटक व्यावसायिक सफलता दिलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?