केन्द्रीय संस्करण

विद्यार्थी आन्दोलनको अबको कार्यभार

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

भनिन्छ विद्यार्थी समाजको ऐना हुन् । उनीहरुले गर्ने क्रियाकलापले समाज कुन बाटोतर्फ अग्रसर भइहेको छ भन्ने पनि देखिन्छ । युवा विद्यार्थीमा आलोचनात्मक चेतनाको विकास भइरहेको छ भने उसले प्रश्न गर्न सुरु गर्छ, त्यसले नयाँ चिजको आविष्कार गर्न सक्छ भन्ने मान्यता स्थापित छ ।

१८ देखि ४० वर्ष उमेर समूहको युवा विद्यार्थी खोज अनुसन्धानतर्फ बढी सक्रिय रहेका देश प्रगतिशील बाटोतर्फ उन्मुख देखिन्छ ।

देश सञ्चालक र राजनीतिक पार्टीहरूको पनि युवा विद्यार्थीलाई कस्तो बनाउने भन्नेमा महत्त्वपूर्ण हात रहन्छ । राज्यले नीति निर्माण प्रक्रियामा युवा विद्यार्थी लक्षित नीति लिने तथा देशमा क्रियाशील पार्टीले पनि हाम्रा युवा विद्यार्थी भ्रातृ सङ्गठनहरुलाई कसरी सिर्जनात्मक प्रयोग माध्यम बनाउन सक्छ, त्यसले पनि धेरै कुरा निर्धारण हुने गर्छ ।

विद्यार्थी भनेकै आन्दोलन लागि आवश्यक जनशक्ति हो भन्ने मान्यताले आम मानिसमा घर गरिरहेको छ । राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि विद्यार्थीले गरेका आन्दोलन व्यापकता हुने गर्दथ्यो ।

आन्दोलनको चरणहरुमा खराब ढङ्गबाट समाजका संरचना अघि बढ्छ । जब आन्दोलनले पूर्णता प्राप्त गर्छ पुनः नयाँ अभास दिने क्रममा केही असहजता सिर्जना हुनजान्छ ।

विद्यार्थी आन्दोलनहरुले पनि यस्तै अप्ठ्याराहरु सामाना गर्दै आए । हाम्रा पुराना आन्दोलनका स्वरूप जस्ता थिए, तीनमा तात्विक भिन्नता आजका आन्दोलनहरुमा पनि छैन । केवल पात्र परिवर्तनशील छ, प्रवृत्ति र प्रकृति उही छ ।

घडी तलमाथि भयो, आन्दोलनका मुद्दा उही छ । कैयौँ दशकदेखिको नाराले आजको दिनमा पनि उतिकै मान्यता पाएको छ । वैज्ञानिक सर्वसुलभ शिक्षाको माग आज पनि जीवित छ । जति समय घर्किएको छ उति नै सर्वसुलभ शिक्षाबाट धनीको मात्रै शिक्षा बन्दै गएको छ ।

विश्वविद्यालयहरुमा सरकारको लगानीको दर जति बढ्दै गएको छ । उत्पादनको गुणस्तर उति नै खस्कँदो छ । ठ्याक्कै उल्टो सम्बन्ध बनेको छ सरकारको लगानी र उत्पादित जनशक्ति बीच ।

दशकौँ अघिदेखिका यस्ता समास्या आज पनि विद्यमान छन् । फेरि पनि हाम्रो पनि आन्दोलन जीवित छ । विश्वविद्यालयमा बेथिति जति बढ्छ, गुणस्तर खस्कँदै जान्छ त्यति नै आन्दोलनको औचित्य सावित गर्न आफ्ना विद्यार्थी नेतालाई सहज हुन्छ ।

किनकी आन्दोलनको शैली पुरानै सडकमा टायर बाल्नु, क्याम्पस बन्द गराउनु, प्राध्यापक माथी हातपात गर्नु, गराउनु र क्याम्पसको आर्थिक गतिविधि हिनामिना गर्नु जस्ता विशेषता आज पनि स्थापित छ ।

आजको विद्यार्थी आन्दोलनले नयाँपनको खोजी गर्न कम जानेको छ । हामी कि त अन्धोभक्ति कि त कट्टर आलोचक बनिरहेका छौँ ।

विद्यार्थी वर्गमा आलोचनात्मक चेतको प्रष्ट अभाव देखिन्छ । हरेक विवादको बहुआयामिक पक्षमा मिहीन अध्ययनको अभाव नै आजको विद्यार्थी आन्दोलनको प्रमुख वाधक शक्तिको रूपमा देखिएको छ ।

देशका ठूला विद्यार्थीहरु अनेरास्ववियु र नेविसङ्घले नै देशका विद्यार्थी आन्दोलनलाई कता लैजाने भन्ने कुरा प्रष्टसँग तय गर्न सक्छन् । अझ दुई ठूला सङ्गठन मिलेर एक भएको अनेरास्ववियुले नै मूल दिशा तय गर्नुपर्ने देखिन्छ ।

८० प्रतिशत विद्यार्थी मतभार बोकेले पनि अनेरास्ववियुले नै कस्ता बाटामा विद्यार्थी आन्दोलन र यो पुस्तालाई लैजाने भन्ने कुरा स्पष्ट तय गर्नुपर्ने हुन्छ । अझ त्यसका नेतृत्वकर्ताको नाता ऐन महरले सबैभन्दा बढी काम गर्नुपर्ने छ ।

दशकौँपछि पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुनु तथा विद्यार्थी सङ्गठन पनि तदर्थवाद चलेकाले पनि हुन सक्छ विद्यार्थी सङ्गठनको जुझारूपनमा ढुसी लागेको छ । नेतृत्व प्राप्त गर्न क्रियाशीलताभन्दा पनि गणेश भक्तिले अलि बढी काम गर्छ भन्ने सन्देश आम विद्यार्थीमा पुगेको छ ।

अनेरास्ववियु र ऐन महर

नेपालमा बहुदलीय व्यवस्था आइसकेपछि र गणतन्त्रको स्थापनापश्चात निजी क्षेत्रले हरेक निकायमा सहज उपस्थिति हुन थाल्यो, त्यसबाट शिक्षा क्षेत्र पनि अछुतो छैन ।

अहिलेसम्म पनि विद्यार्थी आन्दोलन सरकारी र सामुदायिक क्याम्पस तथा विद्यालयमा केन्द्रित छ । विद्यार्थी आन्दोलन अहिलेका निजी शैक्षिक संस्थामा पुग्न सकेका छैनन् । सरकारी तथा सामुदायिककै हाराहारीमा निजी शैक्षिक संस्थामा विद्यार्थी अध्ययनरत छन् ।

हिजो पञ्चायत र राजाको प्रत्यक्ष शासन कालमा विद्यार्थीले शैक्षिक मुद्दा सँगसँगै पार्टीले उठाउन नसकेका राजनीतिक मुद्दालाई समेत बोकेर हिँडेका थिए । गणतन्त्र आइसकेपछि विद्यार्थी आन्दोलनले शैक्षिक मुद्दा  केन्द्रित हुनुपर्ने देखिन्छ ।

देशको ठूलो सङ्गठन भएको र सत्ता निकट भएकाले पनि अनेरास्ववियुले नै विद्यार्थीलाई सही दिशातर्फ अग्रसर गराउन सक्छ । अनेरास्ववियुको नेतृत्वमा ऐन महर आइसकेपछि उनले सङ्गठनलाई चन्दा नलिन सर्कुलर जारी गरे जसले सङ्गठनमा मागी खाने जत्थाहरुको अन्त्य गर्ने बाटोतर्फ अग्रसर गराए ।

उनी आफैमा पनि कैयौँ चक्रव्यूह तोड्दै यो अवस्थासम्म आइपुगेका नेता हुन् । उनीले हजारौँ छिनाहरुको चोट सहर्दै आफूलाई सुन्दर मूर्तिको रूपमा प्रस्तुत गरेका छन् । विद्यार्थी आन्दोलनको मूल प्रवाहमा आफूलाई जीवन्त राख्दै कठिन यात्रा तय गरेका एउटा कुशल योद्धा पनि हुन ।

निजीकरणले शिक्षा सबैको पहुँचभन्दा टाढा जाँदै छ । आजको विद्यार्थी आन्दोलन यही बढी केन्द्रित भई अघि बढ्नु पर्नेछ ।

राज्यका निकायहरु नै निजी क्षेत्रका सञ्चालकहरुले घुमाएका छन् । सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क उठाइरहेका छन् । उनीहरुलाई कारबाही गर्ने निकाय आफै लाचार बनेको देखिन्छ । समग्रभन्दा शिक्षा क्षेत्र केही सीमित सम्भ्रान्तहरुको हातमा कैद बन्दै गएको छ ।

ठ्याक्कै भन्दा अहिलेको विद्यार्थी आन्दोलन सम्भ्रान्तहरुले घेरिएको राखेको शैक्षिक क्षेत्रको सामुन्ने छ ।  यसको चक्रव्यूह तोड्नु आजको प्रमुख आश्यकता हो । विद्यार्थी सङ्गठनका नेताहरु कलियुगको अभिमन्यु बन्नुपर्ने आवश्यकता छ ।

जसले सम्भ्रान्तहरुलाई पराजित गरी विद्यार्थी आन्दोलनलाई जोगाइ राख्नुपर्ने देखिन्छ ।

स्वतन्त्र विद्यार्थी युनियन

विद्यार्थी आन्दोलनको प्रमुख अस्त्र भनेकै स्ववियु हो । एक दशकभन्दा ज्यादा समय यसको निर्वाचन हुन सकेको छैन । यसका धारहरु भुत्ता भएका छन् । शैक्षिक परिवर्तन प्राप्ति लागि गरिने प्रयास भुत्ता हतियारको प्रहारको कारण कुनै क्षति नभएको जस्तो देखिन्छ ।

त्यसका पछिल्ला उदाहरण निजी मेडिकल कलेजले सरकारले तोकेको भन्दा ज्यादा रकम उठाइरहेको छ तर पनि हाम्रा आन्दोलन शुल्क घटाउने मुद्दामा आंशिक मात्र सफल हुन्छ । निजी कलेजहरुलाई मापदण्डविपरीत शुल्क उठाउँदा कानुनी कारबाही गर्न सक्ने ठाउँमा हाम्रो आन्दोलन पुग्न सकेको छैन ।

यी र यस्ता कैयाँै बेथितिहरुलाई हटाउन पनि स्ववियुको निर्वाचन हुन जरुरी छ । अर्काेतर्फ लोकतान्त्रिक उच्चतम विधिको अभ्यास गर्ने प्रारम्भिक एकाइ पनि हो स्ववियु ।

जवाफदेही, पारदर्शी तथा प्रतिपस्र्धात्मक समाज निर्माणको जग बसाउनका लागि पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आवश्यक छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...