बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १५ सय नजिक, प्रान्त प्रमुख हटाइए

शुक्रबार, ०२ फागुन २०७६, ०७ : ३१
शुक्रबार, ०२ फागुन २०७६

चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार एकै दिन १ सय १६ जनाले ज्यान गुमाएका छन् । योसँगै देशमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय ८३ जना पुगेको चीनले जनाएको छ ।

अहिले कोभीड–१९ नाम दिइएको यो भाइरस हुबेईको उहानबाट गत डिसेम्बरको अन्त्यमा उत्पत्ति भएको मानिएको छ ।  यस भाइरसबाट थप ४ हजार ८ सय २३ जना संक्रमित बनेका छन् । अहिले प्रान्तमा ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित छन् भने देशभर यो सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।

हालसम्म २५ देशमा यस रोगको रोगको संक्रमण फैलिएको छ । हालसम्म चीनभन्दा बाहिर हङकङमा एक जना र फिलिपिन्समा एक जना तथा जापानमा एक जनाले ज्यान गुमाएका छन् ।

हुबेइ प्रान्तमा ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएसँगै चिनियाँ कम्युनिस्ट पार्टीले प्रान्तका प्रमुखलाई पदबाट हटाएको छ । सिन्ह्वाका अनुसार जियाङ चाओलियाङको स्थानमा संघाईका पूर्व मेयर यिङ योङलाई हुबेई प्रान्तीय कमिटीका नयाँ सेक्रेटरी चयन गरिएको छ ।

यसअघि अन्य पार्टी अधिकारीहरुलाई पनि पदबाट हटाइएको थियो । हुबेईका स्वास्थ्य आयोगका प्रमुख झाङ जिन र निर्देशक लियु यिङ्झीलाई पदबाट हटाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप