शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललिता निवासमा बैंक कर्जा : ‘प्रोभिजनिङ’ तयारीमा राष्ट्र बैंक

शुक्रबार, ०२ फागुन २०७६, ०७ : १४
शुक्रबार, ०२ फागुन २०७६

नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासको जग्गा धितो राखेर प्रवाह गरिएको कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारी गरेको छ । 

बैंकले प्रवाह गरेको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा त्यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकको एक उच्च अधिकारीको भनाइ छ । त्यसका लागि बैंकले छलफल शुरू गरेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ११४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा अवैध तरीकाले नामसारी गरेको आरोपमा तीन पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध गत हप्ता विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

अख्तियारले अनुसन्धानका क्रममा ललिता निवासअन्तर्गतका जग्गा धितो राखी विभिन्न व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट रू. २ अर्ब ४१ करोड ६९ लाख कर्जा लिएको पाएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  मिलन विश्वकर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप