‘कोरोनाका कारण टोकियो ओलम्पिक स्थगित भएको छैन’
एजेन्सी । जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दावी गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको आयोजकहरुले बताएका छन् ।
उनीहरुले भनेका छन्, ‘कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि सर्छ, यो पूर्वनिर्धारित समयमै हुन्छ ।’ ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले पत्रकारहरुसँग बिहीबार भने, ‘म यो स्पष्ट पार्न चाहन्छु कि टोकियो ओलम्पिक प्रतियोगिता स्थगित गर्ने वा पछाडि सार्नेगरी केही काम हुनेछैन ।’
जापानका पूर्वप्रधानमन्त्री समेत रहेका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिने बैठक सुरु भएको पनि जानकारी दिए । आयोजक समितिका अध्यक्ष मोरीले सरकार र सरोकारवाला पक्षहरुसँग आफुहरुले काम गरिरहेको पत्रकारहरुलाई बताए ।
आइओसी समन्वय आयोगका अध्यक्ष जोन कोस्टले पनि कोरोना भाइरसको सङ्क्रमणको समस्या ‘अनपेक्षित विषय’ भएको बताउँदै यो तत्काल समाधान हुने विश्वास व्यक्त गरे । कोरोनासम्वन्धी समस्या समाधान गर्ने जिम्मेवारी सरकार र अन्य सरोकारावालाहरुको भएकाले त्यसमा ओलम्पिक आयोजकले चिन्ता लिनु नपर्ने उनको भनाई छ ।
जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने अरु २४८ जना सङ्क्रमित भएको जापानी अधिकारीहरुले बिहीबार पुष्टि गरेका छन् । ‘ओलम्पीकका आयोजकहरुले निर्धारित समयमै टोकियो ओलम्पिक हुन्छ,’ स्थगित हुँदैन भन्दै दावी गरेको यो तेस्रो पटक हो ।
कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित हुने हल्ला पटक पटक चलेपछि उनीहरुले स्थगित नहुने र पछाडी पनि नसर्ने भन्दै पटक पटक स्पष्टिकरण दिनुपरेको छ । हरेक चार चार बर्षमा हुने ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता यस बर्ष आगामी जुलाई २४ उद्घाटन भएर अगस्ट ९ तारिखका दिनसकिने गरी तय भएको छ ।Photo: www.en24.news
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित