बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घुस लिएको आरोपमा सहायक वन अधिकृतसहित २ जना पक्राउ

बिहीबार, ०१ फागुन २०७६, २२ : १६
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । 

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप