बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान शुरु

बिहीबार, ०१ फागुन २०७६, २२ : १२
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । राष्ट्रिय जनमोर्चाको एक महिने सङ्गठनात्मक अभियान शुरु भएको छ । जनमोर्चाले देशभर सङ्गठन निर्माण गर्नका लागि शुरु गरेको अभियानको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष केसीले जनमोर्चाको देशभरका सबै जिल्लामा सदस्यता वितरण तथा समिति निर्माण गर्न एक महिने अभियान सञ्चालन गरिएको बताए । उनले वर्तमान सरकार महँगी घटाउन असफल रहेको बताए । उनले भारतीय नक्शामा समावेश गरिएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले सरकारले कूटनीतिक पहलमार्फत नेपाली नक्शामा समावेश गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेल्वासेले अभियानले जनमोर्चाको सङ्गठनलाई थप बलियो बनाउने बताए । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी केही युवा जनमोर्चामा प्रवेश गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप