शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा भारतीय मूलका नयाँ अर्थमन्त्री, ५ वर्षअघिका बैंकरको हातमा पाँचौं ठूलो अर्थतन्त्र

बिहीबार, ०१ फागुन २०७६, २० : ५२
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारतीय मूलका नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रुपमा नियुक्त गरेका छन् । इन्फोसिस ग्रुपका सहसंस्थापक नारायण मूर्तिका ज्वाइँ सो मन्त्रीमण्डलमा भारतीय मूलका दोस्रो वरियताका मन्त्री हुन् । उनीभन्दा अघि भारतीय मूलकै प्रीति पटेल गृहमन्त्री बनेकी छिन् । 

यसअघि पाकिस्तानी मूलका साजिद जाविदले सो मन्त्रालयको कार्यभार सम्हालेका थिए । तर उनले १ वर्षमै राजीनामा दिएर बाहिरिएका थिए । 

डिसेम्बरमा भएको आम चुनावमा जोन्सन नेतृवको कन्जरभेटिभ पार्टीले भारी मतका साथ सत्तामा दोहोरिएसँगै प्रधानमन्त्रीले मन्त्रिमण्डलमा फेरबदल गरेका हुन् । 

३९ वर्षिय सुनक ५ वर्ष पहिले सांसद पनि थिएनन् । राजनीतिमा आउनु अघि उनी बैंकमा काम गर्थे । 

विश्वको पाँचौं ठूलो अर्थतन्त्र रहेको बेलायतमा जोन्सन यस्तो अर्थमन्त्री चाहे जसले पूर्वाधार, सुरक्षा, स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकुन् । त्यही क्रममा उनले सुनकलाई रोजेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप