शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको पुरानो बस्तीमा सवारी साधन प्रवेश निषेध

बिहीबार, ०१ फागुन २०७६, १८ : ५३
बिहीबार, ०१ फागुन २०७६

भक्तपुर नगरपालिकाले आजदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले आजदेखि  नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो । 

भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं  पैदलयात्रीको सुरक्षाका लागि  नगरपालिकाले आजदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । 
मालवाहक टिपर, ट्रकलगायत भारी सवारी साधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले आजदेखि सो क्षेत्रमा निषेध गरिएको बताइएको छ ।


मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति दिइने उहाँको भनाइ छ  ।

त्यसै गरी सम्पदास्थल र त्यसवरपरका क्षेत्र दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन पार्किङस्थल बनेकाले आजैदेखि ती क्षेत्रमा पार्किङ पनि निषेध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप