शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बैंकका नवनिर्वाचित अध्यक्ष गौतमले लिए पद तथा गोपनीयताको सपथ

बिहीबार, ०१ फागुन २०७६, १८ : ४७
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं– हिमालयन बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा निर्वाचित तुलसी प्रसाद गौतमले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बैंक संचालक समितिको माघ २९ गते बुधवार बसेको ३८१ औं बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो ।

नव नियूक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्दछन् ।

समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिंदै उहाँको कार्यकालमा हिमालयन बैंकले थप उत्साह जनक प्रगतिको कामना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप