बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घर–घरमा धारा आएपछि हाडहाडेवासीले परिवर्तनको महसुस गरे

बिहीबार, ०१ फागुन २०७६, १८ : १८
बिहीबार, ०१ फागुन २०७६

गुल्मी ।  गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री गोकर्णराज बिष्टले धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडेमा मुल गैरा लिफ्ट खानेपानी योजनाको उद्घाटन गरेलगत्तै स्थानीयवासीले बर्षौंपछि विकास र परिवर्तको महशुस गरेको प्रतिकृया दिएका छन् ।   ‘हाम्रो हाडहाडे गाउँको डाँडो लाईनमा पानीको हाहाकार खेपेको बर्षौं भएको थियो ।

नेताहरुसँग माग गरेको पनि धेरै वर्ष भएको थियो । बल्ल अहिले  आए हाम्रो माग पुरा भएको छ’ स्थानीय शिक्षक लुमबहादुर पहराईले भने, ‘घर घरमा धाराको पानी आउन थाले पछि यहाँका वासिन्दाले परिवर्तन आएको ब्यबहारिक रुपमै महुशस गर्न थालेका छन् ।  अर्का स्थानियवासी विनबहादुर पहराईले हाडहाडेको  घर घरमा पानीको धारा आए पछि आफ्नो गाउँलाई स्वर्गको अनुभुत गर्न थालिएको बताए ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै नेकपाका नेता समेत रहेका बिष्टले तपाईहरुले मसँग माग गरेको मात्रै ८ वर्ष भएर होला, झन अरु नेताहरुसँग माग गरेको कति वर्ष भए होला ? जेहोस् ढिलै भएपनि तपाईहरुको माग पुरा भएको छ ।  अब मोटर बाटोको स्तरवृद्धि गरिने छ, विद्युतीकरणलाई व्यवस्थित गरिनेछ र तपाईहरुको रोजगारी र आय आर्जनको माध्यम खोजिनेछ ।’

झण्डै एक घण्टाको दुरीको उकाली ओराली गर्दै र विभिन्न पँधेरोहरु चाहार्दै पिउने पानीको गर्जो टार्दै आएका हाडहाडेवासको यतिबेला मुलगैरा लिफ्ट खानेपानी योजना सम्पन्न भई  ६६ घर धुरीको घर–घरमा पानीको धारा बग्न थालेको हो  ।

२०७३ सालमा सुरु गरिएको उक्त खानेपानी योजना करिव ६८ लाख लागतमा ५ वर्षपछि सम्पन्न हुन पुगेको  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनुज उपाध्यायले बताए ।  उक्त खानेपानी योजना सम्पन्न भई ६६ घरधुरीको घर घरमा पानीको धारा पुर्याइएको हो । हाडहाडेका  ३ सयभन्दा बढि घरधुरीमध्ये गत वर्षसम्म गाउँपालिकाले १ सय ५४ घरधुरीको घर घरमा पानी पु¥याइसकिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

सिङ्गो गाउँपालिकाका भर कूल घरधुरी संख्या ४४ सय ७५ रहेको, त्यसमध्ये गत वर्षसम्म १२ सय ४९ घरधुरीमा खानेपानीको धारा पुगेको, यस आर्थिक वर्षभित्र २२ सय घरधुरीमा पुयाइने लक्ष्य लिइएको र आगामी दुई वर्षभित्र ९० प्रतिशत घरधुरीमा खानेपानीको धारा पुरार्याइने धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलको भनाई थियो  । उद्घाटन कार्यक्रममा  नेकपा नेताहरु बुद्धि जिसी, हिरा एसी, गणेश श्रीपाली, देवीराम अर्याल , नरेश भण्डारी, राजेन्द्रविक्रम कुँवर लगायतको पनि सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप