बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको गोरखपुरबाट ३ बालबालिकाको उद्धार

बिहीबार, ०१ फागुन २०७६, १७ : ५५
बिहीबार, ०१ फागुन २०७६

बुटवल । दुई वर्ष अघिदेखि सम्पर्कबिहीन भएका ३ जना बालकलाई भारतको गोरखपुरबाट उद्धार गरिएको छ ।

शान्ति पुनःस्थापन गृहको पहल र भारतस्थित नेपाली राजदूतावासको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । यसरी उद्धार गरिएका ३ जना बालकहरुमा ऐरावती गाउँपालिका वडा नं. ३ प्युठानका १४ वर्षीय दिलीप जि.सी., सोही स्थानका १२ वर्षीय केशव जि.सी. र घोराही उपमहानगरपालिका वडा नं. ४ दाङका १० वर्षीय रामु पुन मगर रहेको शान्ति पुर्नस्थापना गृहले जनाएको छ ।

शान्ति पुर्नस्थापना गृहका प्रमुख भूमिराज भट्टराईले भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा बालकहरुलाई गोरखपुरबाट उद्धार गरी परिवारलाई बुझाइएको बताए । बालकहरुलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको रोहवरमा आमाहरुले बुझेर लगेका छन् ।

हराएका छोराहरु भेटाएर घरमा लैजान पाउँदा खुसी लागेको उनीहरुले बताए । २ वर्षअघि घरबाट भागेर गोरखपुर पुगेका उनीहरुले गोरखपुरमा होटलमा काम गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप