एभरेष्ट बैंकले बनायो अपाङ्गमैत्री सार्वजनिक शौचालय

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
यसै शिलशिलामा भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्य अनुरुप नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको छ ।
उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत यस बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय साथसाथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ ।
उक्त सार्वजनिक शौचालय बैंकले आफ्ना अधिकारीहरु, काठमाडौं महानगरपालिका अधिकारीहरु तथा का.म.पा वडा नं. १० का सदस्यहरु तथा सर्वसाधरणहरुको उपस्थितिमा बैँकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष राम कुमार केसीलाई हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने
-
६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण
-
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क