शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरफान र करिनाको ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक

बिहीबार, ०१ फागुन २०७६, १६ : २०
बिहीबार, ०१ फागुन २०७६

मुम्बई । बिगत २ वर्षदेखि ट्यूमरसँग संघर्षरत अभिनेता इरफान खान फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी र सेन्टिमेन्टस्ले भरिपूर्ण ट्रेलर दर्शकले मनपराएका छन् ।

२ मिनेट ५५ सेकेण्डको ट्रेलर राधिका मदानको स्कूलबाट सुरु भएर लण्डन यूनिभर्सिटीमा पुगेर सकिन्छ । ट्रेलरमा फिल्मका सबै पात्र अटाएका छन् । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याउने प्रयास गरिएको छ ।

फिल्म २० मार्च २०२० मा प्रदर्शन मिति तोकिएको फिल्ममा इरफान खान, राधिका मदान र करीना कपुर खान, दीपक डोबरियाल, डिम्पल कपाडिया लगायतको मुख्य भुमिका रहेको छ । 

छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षको कथामा बनेको फिल्म होमी अदजानियाले निर्देशन गरेका हुन् ।

‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक हुनुभन्दा अगाडि इरफानले फ्यानलाई एक इमोसनल म्यासेज जारी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप