शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा क्रुज सञ्चालन गर्न सरकारले दियो जग्गा (मन्त्रिपरिषद्का १६ निर्णयसहित)

बिहीबार, ०१ फागुन २०७६, १६ : १५
बिहीबार, ०१ फागुन २०७६

काठमाडौँ । सरकारले नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्या पर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।

 मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले क्रुज पोर्ट निर्माण गर्न चितवनको भरतपुर महानगरपालिका १६ स्थित राष्ट्रिय बन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो । 

यस्तै बैठकले उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परी घाइते भएका अछामको मल्लेखका गम्भीर साउँद, मोहन साउँद, रामबहादुर साउँद र नरबहादुर साउँदको उपचार तथा बिरामी कुरुवा खर्चबापत २ लाख ८३ हजार ५८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

बैठकले नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेकी भारती भेटुवाललाई नियुक्त गरेको छ । 

बैठकका १६ निर्णय यस्ता छन्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप