शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनतालाई सूसुचित गर्न सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेलेको छ: खनाल

बिहीबार, ०१ फागुन २०७६, १४ : २३
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सूसुचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नै खनालले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सन्र्दभमा व्यापक प्रचारप्रसार गरी जनतालाई सुसुचित बनाउन भूमिका खेलेको बताएका हुन् ।

प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफुले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि सामूदायिक रेडियो भूमिका महत्वपूर्ण हुने बताए ।

खनालले नेपालका संविधानले सम्पूर्ण नेपालका लागि आवश्क हक अधिकार सुनिश्चित गरेको, देश, जनता, सभ्यता, संस्कृति, स्रोत साधनप्रति माया गर्न सिकाएको र परिवर्तनका सबै ढोकाहरु खोलेको उल्लेख गरे । विश्वमै उत्कृष्ट रहेको संविधान आफैंमा पूर्ण नभएपनि विकासमान डकुमेन्ट्री भएकाले यसलाई आवश्यकताअनुसार परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने उनले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहिनता बढेको बताएका छन् । सीमान्तकृत जातजातिका अधिकार अझै स्थापना गर्न नसकिएको, छुवाछुतको अन्त्य गर्न नसकिएको र जनताले पूर्णकालीन न्याय पाउन नसकेको उल्लेख गरे । २०६२ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको भएपनि २०७६ सम्म आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको बताए । ऐन बनाएर आयोग गठन नगर्दा यो समस्या आएको उनको भनाई छ ।

नेपाली काँग्रेसकी नेतृ पुष्पा भूसालले महिला, दलित जनजाति, पिछडिएका समूदायका अधिकार संविधानमा उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताइन् । संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामूदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए । सामुदायिक रेडियो प्रशारक संघले विश्व रेडियो दिवसका अवशरमा रेडियो र विवधता विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप