रुकुमको मुसीकोटमा बन्यो भव्य सहिद स्मृति पार्क (फोटोफिचर)
पश्चिम रुकुम । पश्चिम रुकुमको मुसीकोटमा तत्कालीन माओवादी जनयुद्धका क्रममा ‘सहिद’ बनेकाहरुको सम्झनामा भव्य पार्कको निर्माण गरिएको छ । संघीय संसद् क्षेत्र विकास कोषको करिब २ करोड रुपैयाँको लागतमा सो पार्क निर्माण गरेर बिहीबार २५ औँ जनयुद्ध दिवसको अवसरमा समुद्घाटन गरिएको हो ।
पश्चिम रुकुमका निर्वाचित सांसद तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, रुकुममा कम्युनिस्ट पार्टी स्थापनामा योगदान पुर्याउने बासुदेव गौतम, रुकुम कम्युनिस्ट पार्टीका संस्थापक सदस्य ध्रुव मल्ल र तारा प्रसाद घर्तीले सो पार्कको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
जनयुद्धको ऐतिहासिक प्रक्रियामा राष्ट्र र जनताको लागि आफ्नो प्राणको आहूति दिने सहिदहरुको सम्झना र सम्मानमा सहिद पार्कको निर्माण गरिएको नेता जनार्दन शर्माले जानकारी दिए ।
मुसीकोट नगरपालिका ५ स्थित सेरीगाउँमा करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्र सभाहल समेत रहेको छ ।
पार्कभित्र जनयुद्धका क्रममा रुकुमबाट सहिद हुनेहरुको नामावलीका साथै युद्ध स्मारक पनि निर्माण गरिएको छ । यस्तै स्मृति भवन वरपर जिल्लाका सहिदका फोटो राखिएको छ भने फुलबारी, प्रेक्षालयका साथै पानीका फोहोरा समेतले पार्कलाई आकर्षक बनाइएको छ ।
यस्तै पार्कभित्र नेकपा रुकुम जिल्लाका संस्थापक नेताहरु कामी बूढा र स्कन्द शर्माको शालिक पनि निर्माण गरिएको छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बढी प्रभावित जिल्ला मानिने रुकुममा ५२५ भन्दा बढीले ज्यान गुमाएका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
-
निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने
-
राष्ट्र बैंकलाई स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन अनिवार्य: अर्थमन्त्री वाग्ले
-
प्रत्येक १० मिनेटमा ध्रुवे हात्तीको गतिविधि निगरानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण