शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टीनाको कालो सारीमा फिदा भएका थिए अनिल अम्बानी

बिहीबार, ०१ फागुन २०७६, १२ : १८
बिहीबार, ०१ फागुन २०७६

भारतीय व्यवसायी अनिल अम्बानी र उनकी पत्नी टीना अम्बानीको प्रेम सम्बन्ध निकै रोचक रहेको छ । उनीहरुको प्रेमसम्बन्धको बारेमा अनिल अम्बानी र टीनाले एक अन्तरवार्तामा खुलेर बताएका छन् । 

टीना र अनिलको भेट एक वैवाहिक समारोहमा भएको थियो । उक्त समारोहमा टीना कालो सारीमा उपस्थित भएकी अनिलले सम्झेका छन् । अनिलले टीनालाई पहिलो नजरमा नै मन पराए । 

बलिउडमा निकै चर्चा पाइसकेकी चर्चित अभिनेत्री टीनाले अनिललाई लामो समयसम्म वास्ता गरिनन् । किनकी टीना त्यो समय राजेश खन्नासँग ‘लिभ इन रिलेशन’ मा रहेकी थिइन् । तर, पछि टीनाको राजेशसँग सम्बन्ध टुक्रियो र टीना अमेरिका गइन् । उनी अमेरिका गएपछि पनि अनिलले उनलाई पछ्याउन छोडेनन् । 

अतित सम्झिदै अनिलले एक घटनाको बारेमा याद गरे । सन् १९८९ मा लस एन्जल्समा भूकम्प आएको थियो । त्यतिबेला टीना अमेरिकामै रहन्थिन् । त्यसपछि अनिलले टीनाको नम्बर खोजेर उनीसँग कुराकानी गर्न सुरु गरे । 

तर, अनिलको परिवार टीनासँग विवाह गर्न राजी थिएनन् । लामो समयको संघर्षपछि टीना र अनिलको विवाह भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप