बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडकी स्टारले भन्दा धेरै कमाउँछन् यी टेलिभिजन अभिनेत्री

बिहीबार, ०१ फागुन २०७६, ११ : ४४
बिहीबार, ०१ फागुन २०७६

प्रायः फ्यानहरु सोच्छन् कि टेलिभिजन अभिनेत्रीहरुले के बलिउड स्टारले जति कमाई गर्लान् ? तर, बलिउडका केही टेलिभिजन अभिनेत्रीहरु छन् जो बलिउड अभिनेत्रीले भन्दा धेरै कमाई गर्छन् । 

जेनिफर विङ्गेट
जेनिफर टेलिभिजन अभिनेत्रीहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन्। उनी एक एपिसोड गर्नको लागि करिब १.८५ लाख लिने गर्छिन् । साथै उनी अवार्ड कार्यक्रममा आउने रकम दोब्बर हुन्छ ।

अंकिता लोखन्डे
‘पवित्र रिश्ता’ धारावाहिककी अभिनेत्री अंकिता लोखन्डेले टेलिभिजनका निकै राम्रो कमाई गरेकी थिइन् । उनी एक एपिसोडको १.५ लाख लिने गर्थिन् । 

सनाया ईरानी
टेलिभिजनकी चर्चित अभिनेत्री ‘गुञ्जन’ अर्थात सनाया ईरानीले एक एपिसोडको पूरा १ लाख लिने गर्छिन् । साथै, उनी लघु चलचित्रमा पनि उत्तिकै कमाई गर्छिन् । 

देबोलिना
टेलिभिजनको दुनियामा ‘गोपी बहु’ को रुपमा चर्चित अभिनेत्री एक एपिसोडको ९०,००० लिने गर्छिन् । 

रश्मि देखाई
टेलिभिजनमा छोरी, बुहारी र श्रीमतीको भूमिकामा निकै चर्चित रश्मिले एक एपिसोडको ८० हजार भन्दा बढी लिने गर्छिन् । 

निया शर्मा
एसियामै ‘सेक्सी अभिनेत्री’को रुपमा चिनिएकी निया शर्माले एक एपिसोडको ७५ हजार देखि ८० हजारसम्म लिने गर्छिन् । 

हिना खान
टेलिभिजनकी ‘अक्षरा’ र ‘कसौटी जिन्दगीकी’ नयाँ ‘कोमलिका’ ले एक एपिसोडको ६५ हजार भन्दा बढी लिने गर्छिन् ।

श्वेता तिवारी 
टेलिभिजनमा ‘प्रेरणा’ को नामले चिनिएकी श्वेता तिवारीले एक एपिसोडको ७५ भन्दा बढी पारिश्रमिक लिने गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप