बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी आन्दोलनको मूल नेतृत्व साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेको छ : मोहन वैद्य

बिहीबार, ०१ फागुन २०७६, १० : १९
बिहीबार, ०१ फागुन २०७६

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाएको तर क्रान्तिको प्रक्रिया समाप्त नभएको बताएका छन् । जनयुद्ध भएको २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै आफ्नो पार्टीले नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागु गर्दै नेपाली नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका हुन् ।

माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको वैद्यको भनाइ छ । ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन्,’ वैद्यको आरोप छ ।

तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ फागुन १ गते सुरु गरेको थियो । अहिले पच्चिसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेकपा (क्रान्तिकारी माओवादी) देशभर जनयुद्ध दिवश मनाउन गइरहेको छ ।

पार्टीले जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गरेको छ ।

जनयुद्धको पच्चिसौँ वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलबन्द भइ अगाडि बढ्न आह्वान पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप