शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘न्यूड फोटो शूट’ ले चर्चा पाएकी अभिनेत्री

बिहीबार, ०१ फागुन २०७६, १० : १५
बिहीबार, ०१ फागुन २०७६

बोल्ड फोटोशूटका कारण सधैं चर्चामा आउने अभिनेत्री शर्लिन चोपडाले ३६ औं बसन्तमा पाइला टेकेकी छिन् ।

फिल्म क्षेत्रमा करियर बनाउने क्रममा उनले दिएका विवादास्पद बयान र फोटोशूटका कारण चिनिएकी चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन् ।

सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट फिल्ममा पाइला टेकेकी चोपडाले हिन्दी, तेलगू, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् ।

एक पटक शर्लिनले ‘न्यूड फोटोशूट’ गराएकी थिइन् । उनको उक्त फोटोशूटले उनको नीजि जिवनमा समेत खलबली मच्चाएको थियो । सन् २०१२ मा उनले प्लेब्वाइ म्यागाजिनको लागि न्यूड फोटोशूट गराएकी थिइन् ।

उनले ‘सेक्स लाइफ’ को बारेमा दिएको बयान पनि उत्तिकै चर्चित बनेको थियो । उनले एक अन्तरवार्तामा पैसाको लागि मोडलिङको समयमा धेरैजनासँग बेड शेयर गरेको बताएकी थिइन् ।

फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सीजन ३ मा पनि सहभागी भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप