शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

बिहीबार, ०१ फागुन २०७६, ०८ : ५०
बिहीबार, ०१ फागुन २०७६

फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले डिजोनलाई उसैको मैदानमा ६–१ गोलले हरायो । पीएसजीको जितमा पाब्लो सरावियाले दुई, केलियन एमबाप्पे र थियगो सिल्भाले एक एक गोल गरे । पीएसजीले दुई गोल डिजोनबाट उपहार पाएको थियो । डिजोनका लागि मुनिर चोउएरले सान्तवना गोल गरे ।

पीएसजीले खेल सुरु भएको पहिलो मिनेटमै वेस्ली लोउटोओको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि १३औं मिनेटमा डिजोनका मुनिर चोउएरले बराबरी गोल गरे । ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई पुनः अगाडी बढाए ।

दोस्रो हाफमा शसक्त प्रदर्शन गरेको पीएसजीले चार गोल थपेको थियो । ५०औं मिनेटमा कप्तान थियगो सिल्भाले पाब्लो सरावियाको पासमा उत्कृष्ट गोल गरे । पाब्लो सरावियाले ५५औं मिनेटमा गोल गरे । ८६औं मिनेटमा डिजोनका सिनोउ कोउलीबलीको प्रहार आत्मघाती गोल भएको थियो । ९०औं मिनेटमा सरावियाले ब्यक्तिगत दोस्रो गोल थप्दै पीएसजीलाई सजिलै जिताए ।

यसैगरी लियोनले मार्सेलीलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो । लियोनको जितमा होउसिम ओउरले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को खेलमा रेनिसले एएसएम बेलफोर्टलाई ३–०गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप