मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्‍याप स्टारमा सार्वजनिक

बिहीबार, ०१ फागुन २०७६, ०८ : ४५
बिहीबार, ०१ फागुन २०७६

अर्तनाद, स्टेज नामले प्रचलित बालकृष्णको गीत‘लडिराछु’ रेडियो नागरिकको युट्युब च्यानलमार्फत सञ्चालित टुबोर्ग  र्‍यापस्टारमा सार्वजनिक भएको छ । नेपालमा र्‍याप संगीतको बढवाको लागी टुबोर्ग  र्‍यापस्टार एक अदितियशो रहेको छ ।

जसमा,र्‍याप संगीतमा ईच्छुक रहेका १८ देखी ३५ सम्म उमेरकाहरु सहभागी हुन सक्छन् । जानवरी ३, २०२० मा पहिलो गीत सार्वजनिक गरिशुरु भएको टुबोर्ग  र्‍यापस्टारले प्रतिभाशाली  र्‍याप कलाकारहरुलाई आफ्नो प्रतिभा पेश गर्ने माध्यम प्रदान गर्ने लक्ष्य राखेको छ । 

विजयी र्‍यापरहरुको प्रस्तुती प्रस्तुत गर्ने मात्र नभई उनीहरुलाई अनुभवी कलाकारहरुसँग सिक्ने, म्युजिक भिडियो बनाउने र अरु प्लाटफर्महरुमा बढवा गर्ने पनिटुबोर्ग र्‍यापस्टारले गर्दछ । धेरै दर्शकहरुमाझ पहुँच पुराउने उद्देश्यका साथनेपाल रिपब्लिक मिडियाको नागरिक नेटवर्कसँग सहकार्य गरिएको छ ।  

अर्तनाद टुबोर्ग र्‍यापस्टारको दोस्रो विजेताहुन् । भक्तपुरका अर्तनादले १४ वर्षको उमेर देखि र्‍याप गर्न थालेका हुन् । उनको नामअर्तनाद को अर्थ भित्रीआवाज रहेको छ र उनको प्रायगीतहरु उनले वरिपरि समाजमा देखेको र भोगेको कुराहरु बारेमा रहेको छ । उनको गीत‘लडिराछु’ मा समाजले राख्ने आशाहरु र त्यसले हरेकलाई दिएको पिडाहरुको बारेमा व्यक्त गरिएको छ ।

र्‍याप संगीतमा ईच्छुक रहेकाहरुले रेडियो नागरिकले प्रत्येक महिना निर्माण गरि आफ्नो युट्युब च्यानलमा रिलिज गरेको बिटमा आफ्नो गीत रेकर्ड गरि पठाउन सक्छन् । निर्णायकहरु मानस घले, बुलेट फ्लो÷सुरज विक्रमथापा, सुजन जोशीतथा नेपाली र्‍यापक्षेत्रका केही हस्तीहरुले प्रत्येक महिनासबै सहभागीहरुलाई मूल्यांकन गरि एक विजेता चयन गरिरहेका छन् । 

उक्त विजयीहरुलाई अनुभवी तथा व्यवसायिक कम्पोजर र संगीतकारहरुको सहयोगमा आफ्नो गीतको पुरा संस्करण रेकर्ड गर्न बोलाईएको छ । विजयीसँग फिचर भिडियो पनि हुनेछ जुन रेडियो नागरिकको युट्युबच्यानलमा रिलिज हुनेछ ।

गोर्खा ब्रुअरीकामार्केटिङ डाईरेक्टर, बैभबशर्मा भन्छन्, “संगीतप्रेमीहरुकालागी केही विशेष गर्न हामी निकै उत्सुक छौ । र्‍याप संगीत विश्वभर रुचाईएको संगीत शैलीहरुमध्ये एक रहेको र नेपालमा पनि मन पर्ने संगीतको शैलीमा परिणत भइरहेको छ।प्रतिभाशाली र्‍यापरहरुलाई आफ्नो प्रतिभा देखाउने र बढ्ने एउटा उचित माध्यम बन्ने टुबोर्ग र्‍यापस्टारको लक्ष्य रहेको छ । संगीतको बेजोड रुपमा बढवा गर्दै आईरहेको टुबोर्गले र्‍यापसंगीत र उद्योगको बढवाको लागी रेडियो नागरिकसँग सहकार्य गरिएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप