शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलाइका बिहेका लागि तयार, तर राजी भएनन् अर्जुन कपूर

बिहीबार, ०१ फागुन २०७६, ०८ : २८
बिहीबार, ०१ फागुन २०७६

बलिउडमा यतिबेला चर्चामा रहेको जोडी हो, अर्जुन कपूर र मलाइका अरोरा । उनीहरु प्रायः एकसाथ विभिन्न कार्यक्रममा सहभागी भएका फोटो र भिडियोहरु पनि निकै भाइरल भइरहेका छन् । यो जोडीलाई धेरै दर्शकले मन पनि पराएका छन् । यति मात्र होइन सामाजिक सञ्जालमा उनीहरुको विवाहलाई लिएर पनि उत्तिकै चर्चा भइरहेको छ । 

विवाहको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले विभिन्न तरिकाले समाचार पनि लेखेका छन् । स्रोतलाई उल्लेख गर्दै एक सञ्चार माध्यमले मलाइका अर्जुनसँग विवाह गर्न तयार रहेको बताएको छ । उनी तयार भए पनि अर्जुन भने अझै तयार नभएको बताउँदै आएका छन् । एक रिपोर्टका अनुसार अर्जनुले अहिले नै विवाह गर्ने समय नआएको बताएका छन् । 

केही समय अगाडि एक अन्तर्वार्तामा अर्जुनले विवाहको लागि परिवारको कुनै पनि दबाब नभएको उल्लेख गरेका थिए । उनले आफूलाई विवाह गर्ने र घरबार बसाउने इच्छा लागेपछि विवाह गर्ने पनि उल्लेख गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप