बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा लालबकैयाबाट नदीजन्य पदार्थ नउठाउन निर्देशन, ठेकदारलाई थुनामा राख्ने चेतावनी

बिहीबार, ०१ फागुन २०७६, ०८ : ०८
बिहीबार, ०१ फागुन २०७६

रौतहट : रौतहटको पश्चिमीभेगस्थित लालबकैया नदीबाट नदीजन्य पदार्थ न उठाउन संयुक्त अनुगमन टोलीले कडा निर्देशन दिएको छ ।

रौतहटका सिडिओ बाशुदेव घिमिरेको नेतृत्वमा  गएको संयुक्त अनुगमन टोलीले स्थगलत अनुगमन निरिक्षण पश्चात लालबकैया नदीबाट नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको हो ।

स्थानिय फतुवा बिजयपुर र गुजरा नगरपालिका अन्तरगत लालबकैया नदीको सबै घाटबाट अर्को आदेश नआएसम्म तत्काल गिटी,बोल्डर,बालुवा,मिक्सग्रेभल न उठाउन सिडिओ घिमिरेले ठेकदार नागेन्द्र साहलाई बुधवार साँझ निर्देशन दिएका छन् ।

सिडिओ घिमिरेको निर्देशन गलतै अनुगमनमा रहेका नेपाल प्रहरीका एसपी रबीराज खडका, सशस्त्र प्रहरीका एसपी रबीनराज कर्णजितले लालबकैयामा नदीजन्य पदार्थको उत्खनन तथा ढुवानी रोक्न मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिएका थिए ।

गुजरा र फतुवा बिजयपुर नगरपालिकाको सिमानामा पर्ने लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माणशेवाले ठेक्का लिएको छ ।

तर सरकारको नितिविपरित नदीको बिच धारमा ठाँउ–ठाँउमा जेसिबी र स्काभेटर प्रयोग गरी ठेकदार नागेन्द्र साहले पोखरीको स्वरुप ठुला ठुला खाडल बनाएकोले  सिडिओ बाशुदेव घिमिरेले नदीजन्य पदार्थ न उठाउन निर्देशन दिएका हुन् ।

नेपाल सरकारले तोकेको नितिमा नदीको छेउमा बढीमा दुईमिटर सम्म खनेर नदीजन्य पदार्थ उठाउन सकिने ब्यवस्था गरेको छ ।

तर ठेकदार नागेन्द्र साहले लालबकैया नदीको बोटवा,गर्जा, पशुपतीछेउको घाट लगायत दर्जन बढी स्थानमा जेसिबी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बिच बिचमा ठुलो ठुलो पोखरी जस्तो खाडल बनाएको छ ।

ठेकदार साहले दैनिक सैयांै ट्याक्टर र दर्जनौ टिपर मार्फत लालबकैया नदीको दोहन गरीरहेका छन ।

अनुुगमनको क्रममा व्यक्तिगत फाइदाका लागि लालबकैया नदीको दोहनमा लागेका ठेकदार साहलाई दोहन नरोमा थुनामा राखेर कारबाही समेतको चेतावनी दिइएको छ ।
लालबकैया नदीबाट बोल्डर,गिटी,ग्रेभल,बालुवा निकालेर दर्जनौ ठेकदारले जिल्लाका विभिन्न स्थानमा भण्डारण गरेको पाइएको छ । 

बिभिन्न निर्माण कार्यमा लाग्ने पूर्व योजना अनुसार नदीजन्य पदार्थ उठाउन राख्न सकिने ब्यवस्था विपरित ठेकदार तथा क्रसर उद्योगीले अनाधिकृत रुपमा नदीजन्य पदार्थको भण्डारण गरेको अनुगमनमा पाइएको छ । 

नदीको अवस्था र ठेकदारको गतिबिधी बारे स्थानीय तहले निगरानी गर्नुुपर्ने ब्यवस्था रहेको छ । तर गुजरा र फतुवा बिजयपुर नगरपालिकाका जनप्रतिनिधीले लालबकैया नदीको अवस्था प्रति उदासीन रहेकाले लालबकैया नदीको दोहन बढेको संयुक्त अनुगमनटोलीको निस्कर्ष रहेको छ  ।

अनुगमन टोलीले लालबकैया नदीको बिभिन्न घाटहरुको अनुगमनका साथै बौधीमाई नगरपालिका,फतुवाबिजयपुर,गुजरा लगायतका स्थानिय तहमा सञ्चालित क्रसर उद्योगको स्थलगत अनुगमन निरिक्षण गरेको थियो ।

टोलीमा सिडिओ बाशुुदेव घिमिरे,जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादव, ईन्द्रबक्स गणका कर्णेल सामन्तध्वज खाँड, नेपाल प्रहरीका एसपी रबीराज खड्का, सशस्त्र का एसपी रबीनराज कर्णजित,घरेलु तथा साना उधोग कार्यालय प्रतिनिधि प्रमोद बर्मा, नगरपालिकाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप