यस्तो छ कोरोना भाइरसबारे विश्वव्यापी पछिल्लो विवरण, जोखिम उच्चस्तरमा पुग्यो

एजेन्सी । चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड—१९ नाम दिएको यस भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका छ भने आम नागरिक त्रसित अवस्थामा रहेका छन् । कोरोना भाइरसका कारण चीनमा मात्रै थप ९७ जनाको मृत्यु भएकाले मृत्यु हुनेको सङ्ख्या बढेर ११ सय १३ पुगेको हो । सङ्क्रमित हुनेको सङ्ख्या भने चीनमा मात्रै ४४ हजार ६ सय पुगेको छ ।
‘मलाई लाग्छ फेब्रुअरीको मध्यदेखि अन्त्यसम्ममा यसको जोखिम उच्चस्तरमा पुगेको हुन्छ,’ चीनको राष्ट्रिय स्वास्थ्य आयोगका चर्चित वैज्ञानिक झोङ नान्शानले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जेनेभामा भाइरसका बारेमा विषेश सम्मेलनको आयोजना गरेको छ भने सम्मेलनमा बोल्ने मुख्य वक्ता टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताएका छन् ।
‘हामीले अहिले नै त्यसका लागि लगानी ग¥यौँ भने हामीले यो नियन्त्रण गर्ने मौका पाउने छौँ,’ उनले भने ।
त्यही सम्मेलनमा यो भाइरसको नाम कोभिड—१९ राखिएको घोषणा गरिएको थियो । को भन्नले कोरोना, भीआई भन्नाले भाइरस र डी भन्नाले डिजिज (रोग) भन्ने बुझाउन र सन् २०१९ मा देखिन शुरु भएकोले कोभिडको पछाडी १९ देखिएको उनीहरूले बताएका छन् ।
यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्मबरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो । यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन् ।
त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताएका छन् ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास व्यक्त गरेका छन् । ग्रीक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गरेका छन् ।
टर्कीका राष्ट्रपति रिसेप तयप एर्डोगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राखेका छन् ।यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास
-
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
-
प्रभावकारी बन्दै कर्णाली प्रदेश सभाः हिउँदे अधिवेशमै ७ ऐन निर्माण