भक्तपुरबाट लागूऔषधसहित ५ जना पक्राउ
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार मध्यपुर ठिमी नगरपालिका वडा न.४ चारदोबाटोबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र परिसर भक्तपुरबाट खटिएको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २६ वर्षीय राम कुमार खड्का, भक्तपुर सूर्यबिनायकको कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीयको सुरेश भुजेल रहेको परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट नाइट्रोपाम ३ सय ३० ट्याब्लेट सहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
त्यसैगरी माघ २४ गते सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारमा घर निर्माणको काम गर्दै आएका २ जनालाई पनि प्रहरीले लागूओषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङ कञ्चनबारी गा.पा. ९ घर भई हाल काठमाण्डौ थानकोट बस्ने बर्ष ३१ को मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भइ हाल सिरुटार बस्ने बर्ष ४३ को मनेजर शर्मालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट डाईजोपाम ३७ थान र फेनेरागन ३० थान सहितप्रहरी टोलीले नियन्त्रणमा लिएको परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए । प्रहरीले पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत भक्तपुरमा पेश गरी लागुऔषध सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री