शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ ईन्स्योरेन्स र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

बुधबार, २९ माघ २०७६, १८ : ५४
बुधबार, २९ माघ २०७६

काठमाडौं– सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदी ट्रेडिङ्गबीच बिमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ । 

सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गले बिक्री गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बिमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदी ट्रेडिङ्गको नेपाल भरीका कुनै पनि आधिकारीक वर्क शपमा मर्मत सम्भार गर्दा वीमितहरुले बिमा लेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ । 

सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदी ट्रेडिङ्गका तर्फवाट भाईस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौतावाट बिमितले झन्झट रहित र प्रभावकारी बिमा दावीको सेवा प्राप्त गर्न सक्ने कम्पनी विश्वास गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप