म्यानका अध्यक्ष श्रेष्ठलाई राष्ट्रिय वाणिज्य बैंकमा भव्य स्वागत
काठमाडौं– नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष पदमा निर्वाचित अनि म्यानेजर अफ दि इयर २०१९ पुरस्कार प्राप्त राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक व्यवस्थापनले भव्य स्वागत गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागत तर्फ कार्यकारिणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएकोमा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले म्यानेजर अफ दि इयर २०१९ पुरस्कार पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्दै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताए । उप–कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको गौरबको विषय भएको बताए । विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस हुन थालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ