बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा दुई लागुऔषध कारोबारी पक्राउ

बुधबार, २९ माघ २०७६, १७ : ०५
बुधबार, २९ माघ २०७६

पोखरा । तनहुँमा दुई जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसयबाट प्रहरीले उनीहरलाई पक्राउ गरेको हो ।  प्रहरीलाई प्राप्त विशेष स्र्रूचनाअनुसार लमजुङको सुन्दरबजार नगरपालिका ६ का २४ वर्षीय सुजना तामाङ र आबुँखैरेनी सत्रसयकै २० वर्षीय आइते तामाङ पक्राउ परेका हुन् । 

ना १७ प ३३७२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्दा डाइजापाम ५२ थान, नुफिन ५१ थान, फेनेरागन ५३ गरि जम्माजम्मी १ सय ५६ थान लागुऔषध उनीहरुबाट प्रहरीले बरामद गरेको छ । 

घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप