केन्द्रीय संस्करण
अर्थ

तुलसी प्रसाद गौतम बने हिमालयन बैंकको अध्यक्ष, सुनील थापा पनि सञ्चालक समितिमा

person explore access_timeमाघ २९, २०७६ chat_bubble_outline0

काठमाडौँ । कर्मचारी सञ्चय कोषका प्रशासक  तुलसी प्रसाद गौतम हिमालयन बैंकको अध्यक्षमा चयन भएका छन् । बैंकको बुधबार सम्पन्न साधारणसभाबाट गौतम अध्यक्षमा चयन भएका हुन् । 

गाैतम आएसँगै विगत १६ वर्षदेखि लगातार अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ नेतृत्वबाट बाहिरिएका छन् ।

बैंकको संचालक समितिमा गौतमसहित प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएका छन् ।  सुनील थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । ती मध्यबाट  गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैबीच साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने बैंकले जनाएको छ । 

सर्वसाधारण बाहेक हाल हिमालयन बैंकमा हबिब बैंक पाकिस्तान(२० प्रतिशत), कर्मचारी सञ्चयकोष(१४ प्रतिशत), मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी(१२.७१ प्रतिशत), खेतान समूहको म्युचुअल ट्रेडिङ(११.८५ प्रतिशत) तथा राणा समूहको आभा इन्टरनेशनल(११.३८ प्रतिशत) बैंकमा सेयर छ । मनोजबहादुर श्रेष्ठका भाइको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.