बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीको ग्रामीण क्षेत्रमा औद्योगिक व्यापार मेला

बुधबार, २९ माघ २०७६, १६ : ३२
बुधबार, २९ माघ २०७६

बुटवल । रुपन्देहीको पश्चिम क्षेत्रको पुरानो बजार सौं फर्साटिरमा औद्योगिक व्यापार मेला हुने भएको छ । ग्रामीण क्षेत्रको उत्पादनलाई प्रबद्र्धन गर्न सौं फर्साटिकर व्यापार संघले पहिलोपटक प्रथम राष्ट्रिय शुद्धोधन कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला आयोजना गरेको हो ।

‘शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार’ भन्ने नाराका साथ मेला भालिदेखि सुरु हुँदैछ । मेला आयोजकले बुधबार आज पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी दिए । सौं फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै ग्रामीण उत्पादनलाई बजारीकरणका गर्न मेला गर्न लागिएको बताए । मेलामा १ सय २१ वटा स्टल रहनेछन् ।

‘तिनाउ परीको फर्साटिकर पुरानो बजार हो । मेलालाई सफल बनाउने प्रदेशको उद्योग पर्यटन मन्त्रालय र रुपन्देही व्यापार संघ, शुद्धोधन गाउँपालिकासँग पनि सहकार्य गरेका छौ । हामीले अहिलको मेलादेखि ग्रामीण क्षेत्रको उदाउँदो बजार फर्साटिकरको विकासमा मेलाले टेवा पु¥याउने छ ।’

मेलामा एक लाख दर्शक र एक करोड रुपैयाँ बजारको कारोबारको लक्ष्य लिइएको संघका उपाध्यक्ष अर्जुन थापाले जानकारी दिए । ‘मेलामा ग्रामीण क्षेत्रकै ४० वटा स्टल रहने छन् । त्यस्तै यहाँ उत्पादित चुरा, मखमलीको जुत्ता, बेतबासका उत्पादन पनि बिक्रीका लागि राखिनेछन्’ थापाले भने । मेलामा वडास्तरीय भलिबल र फर्साटिकर डान्स आइडल पनि रहनेछ ।

फागुन १३ गतेसम्म चल्ने मेलाको खर्च ३७ लाख रुपैयाँ हुने आयोजकको भनाइ छ । मेलाबाट स्थानीय उपभोक्ताले स्थानीय तहमा नैं सुपथ मूल्यमा विविधि सामग्री खरिद गर्न सक्ने अवसर दिइने संघका वरिष्ठ उपाध्यक्ष नवराज आचार्यले जानकारी दिए । रुपन्देहीमा यसअधि बुटवल, भैरहवा, तिलोत्तमा, सैनामैना र देवदहमा मेला वर्ष मेला सम्पन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप