शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जाउलाखेल र शेर्पाको बराबरी

बुधबार, २९ माघ २०७६, १६ : ०७
बुधबार, २९ माघ २०७६

काठमाडौं । जाउलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा जाउलाखेल र शेर्पाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

रोचक खेलमा जाउलाखेलका लागि कुबेर बिष्ट, फोडे फोफाना र रुपबहादुर लामाले गोल गरे । शेर्पाका स्टेफेन समिरले दुई तथा विजय श्रेष्ठले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने शेर्पाले बनाएको थियो । पाँचौं मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई अग्रता दिलाए । २६औं मिनेटमा विजयले गोल गर्दै शेर्पाको अग्रता दोब्बर बनाए ।

त्यसपछि ३५ औं मिनेटमा जाउलाखेल १० खेलाडीमा सिमित बनेको थियो । जाउलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएका थिए । डिबक्स बाहिर आएर बल समाएप्छि उनलाई रातो कार्ड देखाइएको थियो । पहिलो हाफको इन्जुरी समयमा जाउलाखेलका कुबेरले पहिलो गोल फर्काए । लगत्यै शेर्पाका स्टेफेनले व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफमा सानदार प्रदर्शन गरेको जाउलाखेललका लागि ६० औं मिनेटमा फोफानाले हेड गोल गरे । ६८ औं मिनेटमा शेर्पा पनि १० खेलाडीमा समेटिएको थियो । निरज बस्नेत जाउलाखेलका कुबेरलाई फलल हानेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि जाउलाखेलका रुपबहादुर लामाले ७० औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै १२ खेलबाट १९ अंक बनाएको जाउलाखेल पाँचौं स्थानमा छ । ११ अंक बनाएको शेर्पा ११औं नै स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप