नवनियुक्त महानिरीक्षक ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित
बुधबार, २९ माघ २०७६, १३ : ४७
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट
सुशोभित गरेका हुन् । समारोहमा गृहसचिव न्यौपानेले सरकारको तर्फबाट ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।
उक्त अवसरमा महानिरीक्षक ज्ञवालीले व्यवसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पदमा पदोन्नति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेका थिए ।
मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी ज्ञवालीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु