शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवनियुक्त महानिरीक्षक ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित

बुधबार, २९ माघ २०७६, १३ : ४७
बुधबार, २९ माघ २०७६

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट
सुशोभित गरेका हुन् । समारोहमा गृहसचिव न्यौपानेले  सरकारको तर्फबाट ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।

उक्त अवसरमा महानिरीक्षक ज्ञवालीले व्यवसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पदमा पदोन्नति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र  गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेका थिए ।

मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी ज्ञवालीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप