केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने
बुधबार, २९ माघ २०७६, १३ : ३१
१

नयाँ दिल्ली । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् ।
सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।
यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल
-
चिकित्सक संघका ३२ अध्यक्षको इतिहास समेटिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन
-
मेलम्चीको पाइप : काठमाडौँबासीलाई पानी कि ‘वाटर एम्बुस’ ?
-
सांसदहरूको प्रश्नः नेपालका नदीमा पानीजहाज कसरी आउँछ ?
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन