बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक पक्राउ

बुधबार, २९ माघ २०७६, १२ : ३२
बुधबार, २९ माघ २०७६

सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् । 

महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको जानकारी दिए । “हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर ग¥यौँ, कलङ्कीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए”, श्रेष्ठले भने । 

उनले कुनै पनि घटना समयमै जानकारी गरायो भने त्यसको कारण खोज्न र हराएका वस्तु फेला पार्न सजिलो हुन्छ भन्ने यो एउटा उदाहरण भएकोसमेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप